Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सन्दीप लामिछानेको मुद्दामा थप दुई व्यक्तिको बकपत्र लिन आदेश


    आइतबार, चैत्र २६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडितको स्वास्थ्य परीक्षण गरेका प्रसुती गृहका डाक्टर र प्रतिवादीतर्फका बयानकर्तालाई झिकाउन आदेश दिएको छ ।

    लामिछानेको उक्त मुद्दामा आज अदालतले थप दुई व्यक्तिका बकपत्र लिन आदेश दिएको हो । सन्दीपका साथी क्रिकेट खेलाडी साहब आलम र जाहेरीकर्ताको मेडिकल जाँच गर्ने डाक्टरको बकपत्र लिन आदेश भएको अदालत स्रोतले बतायो ।

    आजको सुनवाइ सुरू हुनासाथ वादीतर्फका वकिलहरूले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेका थिए । यसअघि मुख्य डाक्टरको ठाउँमा सहयोगी डाक्टरको बकपत्र राखिएकोमा त्यसलाई अस्वीकार गर्दै वकिलहरूले सो माग गरेका हुन् । न्यायाधीश शंकरराज बराले सरकारी वकिलहरूको मागअनुसार मुख्य डाक्टरकै बकपत्र राख्न आदेश गरेका छन् ।

    यसैगरी, यसअघि साहब आलमको बकपत्र लिन छुटेको भन्दै न्यायाधीशले उनलाई पनि अदालतमा उपस्थित गराउन भनेका छन् । आजको सुनवाइ यत्तिमै सकियो ।

    लामिछानेमाथि नबालिक बलात्कारको आरोप छ । काठमाडौं जिल्ला अदालतमा मुद्दा विचाराधीन रहेकै समयमा पाटन उच्च अदालतले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो ।

    पछि सर्वोच्चले लामिछानेलाई विदेशमा खेल्न जान समेत अनुमति दिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार