Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धौलागिरी बेसक्याम्पमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटना


    आइतबार, चैत्र २६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • पोखरा । धौलागिरि बेसक्याम्प नजिकै आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा नागरिक उड्डयन प्राधिकरणका पोखराका प्रमुख विक्रम गौतमका अनुसार धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

    इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो । हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख प्रतापबाबु तिवारीले बताए।

    पाइलट र अर्का एक जना हेलिकप्टरमा थिए। उनीहरू सुरक्षित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार