बारा। पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ ।
रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसंग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको जानकारी गराएका हुन ।
रेल विभागले गरेको पछिल्लो सर्भे अनुसार रौतहटको चोचा हुदै निजगढ आउने भनिएको रेल्बे लाइन अब नयाँ एलाइन्मेन्टअनुसार निजगढ र सिगौंलको बीचमा पर्ने सुकेपोखरीबाट निजगढ वडा नम्बर ५ को पूर्वटोल हुदै पश्चिमतर्फ जाने भएको छ ।
कार्यक्रममा रेलवे विभागका इन्जिनियर सुमन पोखरेले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको रक्सौल– काठमाण्डौं रेलको एलाइन्मेन्टसँग तालमेल गर्ने क्रममा पूर्वपश्चि रेलमार्गको एलाइन्मेन्ट परिवर्तन गर्नुपरेको बताए ।
बाराको कोल्हबी हुदै निजगढ प्रवेश गर्ने रक्सौल– काठमाण्डौं रेल धन्सार नदी पार गरेर उत्तर लाग्ने र पूर्वपश्चिम रेल भने निजगढस्थित भमरा खोला पारीको जंगल हुदै पूर्वटोल निस्किएर पुरानोटोलबाट लाल हुदै डम्बरपुर भएर उत्तरतर्फ लाग्ने छ ।
दुबै रेलमार्गको स्टेशन भने सुकेपोखरी नजिक राखिने भएको छ । यसअघि पूर्वपश्चिम रेलमार्गको निजगढस्थित नदीकट्टा हुदै बकैया खोलाको पूर्व किनारा भएर पुरानो निजगढबाट पश्चिमतर्फ लाग्ने गरी नक्साङ्कन गरिएको थियो ।
निजगढको क्षेत्रको नक्साङ्कनको क्रममा यसअघि उत्पन्न विवादपछि पटकपटक भएको छलफलको क्रममा बकैया खोलाको किनाराबाट रेल्बे लिक निर्माण गर्न स्थानीय सरोकारवालाहरुले सहमति जनाएका थिए । छलफलमा निजगढ नगरपालिका क्षेत्र भित्रको मानव बस्ती, खेतीयोग्य जमिन, वन जंगलमा न्यून क्षति पुग्ने गरी सर्भे कार्यअघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।
कार्यक्रममा मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलालगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी र स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्। बुधबार...
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend