Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश बरालको इजलासमा


    आइतबार, चैत्र २६ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । किशोरी बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौंमा सुनवाइ हुने भएको छ । आज तोकिएको पेसी जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासमा परेको छ ।

    यसअघि दुईपटक तोकिएको पेशी लगातार स्थगित भएका थिए । गत बिहीबार तोकिएको पेशीलाई सुनवाइ गर्न समयअभावका कारण नभ्याइनेमा राखिएको थियो ।

    आजको पेशीमा भने सुनवाइ हुने लगभग निश्चित भएसंगै जिल्ला अदालतको २ नम्बर इजलासमा परेको पेशी ३ नम्बरमै पालो परेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार