Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ललितपुरमा अपार्टमेन्ट बनाउँदा जमिन भासिएर घरहरु भत्किए


    शनिबार, चैत्र २५ २०७९
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घरहरु जमिन भासिएर भत्किएका छन्।

    समिट अपार्टमेन्ट बनाउनका लागि पिल्लर राख्नको लागि डोजर लगाएर त्यस क्षेत्रमा खन्दा वरपरका घरहरु भासिएको हो । अपार्टमेन्ट बनाउन लागेको जग्गासँगै जोडिएको दुई वटा घर पुरै भत्किएको छ ।

    ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यका अनुसार २ वटा घर पूर्ण रुपमा भत्किएको छ। बाँकी ६ वटा भन्दा बढी घर जोखिममा छन्।

    थप दुई घर दुई तल्ला सम्म भासिएको छ । शुक्रबार राति घरहरु भत्किनुको साथै घरहरु भासिएको थियो । साथै सडक समेत चर्किएको छ । स्थानीयहरुको राति भागदौड मच्चिएको थियो । मानविय क्षति भने भएको छैन ।

    घटनास्थलमा ललितपुरकी सांसद डा. तोसिमा कार्की पनि पुगेकी छन् । अहिले प्राविधिकहरूको टोलीले घटनाबारे अनुगमन गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार