Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • चितवन मेडिकल कलेजमा उपचाररत ६२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु


    शनिबार, भाद्र १३ २०७७
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भरतपुर ।  चितवनमा आज साँझ थप एक व्यक्तिको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी(बर्दघाट सुस्तापूर्व), विनयी त्रिवेणी–६ का ६२ वर्षीय पुरुषको आज साँझ ५ः५० बजे निधन भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिनुभयो ।

    निमोनिया भएर यही भदौं ४ गते अस्पताल भर्ना भएका ती पुरुषलाई सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज अपराह्न कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको थियो । यसअघि आजै बिहान चितवन मेडिकल कलेजमै बाराका एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार