Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • मस्जिदको विषयमा कुटाकुट हुँदा दुई जना गम्भीर


    बिहिबार, चैत्र २३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सप्तरीमा मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा दुई जना गम्भीर घाइते भएका छन् । शम्भुनाथ नगरपालिका-१२ सोनमा बस्ने शोभराति मिया र ईस्लाम मियाबीच मस्जिदको विषयलाई लिएर कुटाकुट हुँदा उनीहरुको घाइते भएका हुन् ।

    ईस्लाम मियाको शरिरको विभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदको छोरा ११ वर्षीय मो.अजादको निधारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन् ।

    घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार