Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलेरो दुर्घटना हुँदा चार जनाको मृत्यु, १० जना बढी घाइते


    बिहिबार, चैत्र २३ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रामेछापमा बलेरो दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मन्थली नगरपालिका-७ को कौछिनीमा बलेरो दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

    मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक सय मिटर तल खस्दा १० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार