Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमणबाट महोत्तरीमा थप दुईको  मृत्यु


    शनिबार, भाद्र १३ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जलेश्वर । कोभिड–१९ को सङ्क्रमणबाट आज महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भङ्गाहा नगरपालिका–१ का ३० वर्षीय युवक र पिपरा गाउँपालिका–७ का ७० वर्षीय वृद्ध रहेको कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताउनुभयो ।

    विगत आठ दिनदेखि नियमित ज्वरो र रुघाखोकीले ग्रसित युवकलाई शुक्रबार स्वासप्रस्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएको र शुक्रबार नै उनको स्वाब सङ्कलन गरिएकामा आज उपचारका क्रममा मृत्यु भएको र मृत्युपश्चात उनी कोरोना सङ्क्रमित रहेको पुष्टि भएको छ ।

    त्यस्तै जिल्लाको बर्दिवासमा पाँच÷छ दिनदेखि ज्वरो र रुघाखोकीकै समस्या भएर उपचाररत वृद्धलाई पनि स्वासप्रस्वासमा समस्या भएपछि आज नै प्रादेशिक अस्पताल जनकपुर भर्ना गरिएकामा उनको पनि कोरोनाबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पताल जनकपुरका डा जामुनप्रसाद सिंहले बताउनुभयो । आज दुई जनाको मृत्युसँगै महोत्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

    भारतीय ट्रकको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु

    महोत्तरीको बर्दिबासमा आज भारतीय ट्रकको ठक्करबाट एक अटोरिक्सा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१ बस्ने अटोरिक्सा चालक शम्भु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताउनुभयो ।

    वडा नं १ स्थित सडकमा रोकिराखेको ना३स २३६१ नंको अटोरिक्सालाई मालसामान बोकी आएको आजे २ जिबी ३३४७ नंको भारतीय ट्रकले ठक्कर दिँदा अटोरिक्सामा बसिरहेका चालक श्रेष्ठको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि स्थानीय जनसेवा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने भारतीय ट्रक र चालक भारतकै अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार