Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्डले भने- मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउँछ


    बुधबार, चैत्र २२ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदले एक-दुई दिनमा पूर्णता पाउने दाबी गरेका छन्।

    आज बुधबार काठमाडौंमा भएको सहकारीकर्मीको भेलामा बोल्दै उनले केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने बताए।

    नेपाली कांग्रेस, जसपा र जनमत पार्टीले मन्त्रालयमा मन्त्री पठाउन ढिला गर्दा मन्त्रिपरिषदले पूर्णता पाएको छैन।

    प्रधानमन्त्री दाहालले ६ मन्त्रालय अझै आफैंसँग राखेका छन्। प्रधानमन्त्रीले चैत १७ मा मन्त्रिपरिषद बिस्तार गरे पनि पूर्णता पाएको छैन।

    ‘सरकारले करिब-करिब पूर्णता पाएको छ। आजभोलि शतप्रतिशत नै पूर्णता पाउँछ,’ उनले भने, ‘अब हाम्रो ध्यान नीति तथा कार्यक्रम र बजेट बनाउनेमा छ।’

    उनले आज सिंहदरबारमा नीति तथा कार्यक्रम र बजेटबारे छलफल राख्ने पनि बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार