Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा कोरोनाका १९७ गम्भीर बिरामी, भेन्टिलेटर र आईसीयूमा उपचार हुँदै


    शनिबार, भाद्र १३ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालमा हाल कोरोना संक्रमित १ सय ९७ जनाको अवस्था गम्भीर छ । उनीहरुको देशभरमा विभिन्न अस्पतालमा रहेको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १ सय ७५ जना संक्रमित आइसीयूमा उपचाररत छन्। 

    बागमती प्रदेशमा ७८ जना आईसीयूमा छन् भने १७ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा १५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा रहेका छन्।

    मन्त्रालयको तथ्यांक अनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आईसीयू र २ जना भेन्टिलेटरमा, कर्णली प्रदेशमा २४ आईसीयूमा र सबै भन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आईसीयूमा उपचाररत छन्। 

    पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो समय संक्रमितको संख्यासँगै मृत्यु हुनेको संख्या समेत बढिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार