कैलाली । टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल नै विजयी भएको छ।
हिजो मङ्गलबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा नेपाली कांग्नेस निकट नेविसंघका नृप थापा नेतृत्वकाे सम्पूर्ण प्यानल विजयी भएको हो।
तीनजना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा थापा ४७५ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापा ३४२ मतमा सिमित भए ।
यसैगरी, सभापतिका अन्य प्रतिस्पर्धी मध्ये नागरिक विद्यार्थी समाजका भीम चौधरीले २६६ र अखिल क्रान्तिकारीका भूपेन्द्र रावलले २३३ मत मात्रै ल्याएका थिए ।
सचिवमा मनिराज भाट, कोषाध्यक्षमा अनिता डंगौंरा थारु, सदस्यमा कुलराज भाट, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, निशा शाह, प्रदीपकुमार चौधरी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए।
सो क्याम्पसका १ हजार ६१२ विद्यार्थी मतदाता मध्ये १ हजार ३ सय ४३ जनाले मात्रै मत खसालेका थिए ।
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend