काठमाडौं । नेपालमा गत २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या २ सय ५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ०.५५ प्रतिशत हो।
मृत्यु हुनेमा ३ महिला र ९ पुरुष गरी १२ जना संक्रमित भएका छन्। मृतकहरुमा पाल्पा कास्की र भक्तपुरका एकएक जना महिला छन्। पर्सा र ललितपुरका दुईदुई जना, सिरहा, गोरखा कास्की काठमाडौं र भक्तपुरका एकएक जना पुरुषको समेत मृत्यु भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ।