Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालमा काेराेना संक्रमितकाे संख्या साढे ३७ हजार नजिक


    शनिबार, भाद्र १३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। 

    २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३७ हजार ३४० जना पुगेको छ। 

    शनिबार काठमाडौंमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२  संक्रमित थपिएका छन्। 

    पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म २० हजार ५५५ उपचारपछि निको भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार