Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय सभाबाट दुईवटा विधेयक पारित


    मंगलबार, चैत्र २१ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। राष्ट्रिय सभाले आज मंगलबार दुईवटा विधेयक पारित गरेको छ ।

    नयाँबानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको राष्ट्रिय सभा बैठकले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई पारित गरेको हो ।

    राष्ट्रिय सभामा उत्पत्ति भएका यी दुवै विधेयक अब प्रतिनिधिसभामा पठाइनेछ ।

    राष्ट्रिय सभाको अर्को बैठक २७ चैत सोमबार दिउँसो १ः०१ बजे बस्नेछ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार