Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मधेस प्रदेशमा एमालेका मन्त्रीले बुझाए राजीनामा


    मंगलबार, चैत्र २१ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ।

    एमालेबाट नियुक्त भएका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मुख्यमन्त्री सरोजकुमार यादवलाई आज मंगलबार राजीनामा बुझाएका छन्।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनीहरूले राजीनामा बुझाएका हुन्।

    संघमा गठबन्धन भत्किएको झन्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो।

    गएराति मुख्यमन्त्री यादवले एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार