Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित


    मंगलबार, चैत्र २१ २०७९
    1.8K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथि आज प्रारम्भिक सुनवाई हुने भनिए पनि उक्त रिटमाथिको सुनुवाइ रोकिएको छ ।

    बहस सुरू नहुँदै न्यायाधीश अनिलकुमार सिन्हाले अघिल्लोपटक संवैधानिक इजलासबाट लामिछानेको मुद्दा फैसला हुँदा आफू पनि त्यस इजलासमा रहेको भन्दै हेर्न नमिल्ने बताएपछि आजको सुनुवाइ रोकिएको हो ।

    लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता डा दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै अधिवक्ता युवराज सफलले सर्वोच्चमा रिट दायर गरेका थिए । सोमबार दर्ता भएको रिटको आज सुनुवाइको लागि पेशी तोकिएको थियो । रविको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुनिल पोखरेल पनि पुगेका थिए ।

    सामान्यतः प्रारम्भिक सुनुवाइमा विपक्षी वकिल उपस्थित हुँदैनन् । तर, न्यायाधीश सिन्हाले अघिल्लोपटक रविको विपक्षमा भएको फैसलामा आफू पनि रहेकाले हेर्न नमिल्ने भनेपछि सुनुवाइ रोकिएको हो ।

    यसअघि नै लामिछानेले प्रक्रियागतरूपमा नेपाली नागरिकता नलिएको उल्लेख गर्दै लामिछाने नेपाली नागरिकता नभएको फैसला सुनाएको थियो । उक्त फैसलासँगै लामिछानेको सांसद र मन्त्री पद गुमेको थियो । अहिले जिल्ला प्रशासन कार्यालयबाट प्रक्रिया पूरा गरी लामिछानेले नेपाली नागरिकता भने लिइसकेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार