Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युवक अपहरणको आरोपमा पक्राउ परे वडासदस्य


    शनिबार, भाद्र १३ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एक युवकलाई अपहरण गरेको अभियोगमा पोखरामा वडा सदस्य पक्राउ परेका छन् । पोखरा महानगरपालिका २३ का वडा सदसय भरतराज भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । 

    जिल्ला प्रहरी कार्यालय कास्कीले अपहरणमा संलग्न भएको आरोपमा भण्डारीसहित तीन जनालाई पक्राउ गरेको जनाएको छ।

    पक्राउ पर्नेमा अन्यमा काठमाडौं कीर्तिपुर घर भई पोखरा बस्ने ४२ वर्षीय ठेकेदार वसन्त लामा र पोखरा २३ कै सुपरभाइजर ४५ वर्षीय टिकाराम भण्डारी छन् ।

    उनीहरुले भदौ ८ गते दिउँसो साढे २ बजे पोखरा २३ बस्ने २९ वर्षीय महादेव सापकोटालाई सोही वडाको खहरेखोलास्थित निर्माणधीन पुलबाट नियन्त्रणमा लिएका थिए। त्यसपछि सापकोटालाई कुटपिट गर्दै मोबाइलसमेत खोसेर अपहरण गरी बा १४ च ८२७९ नम्बरको कारमा राखेर पोखरा २३ मा बसन्त लामाले लिएको फ्ल्याटमा थुनेर राखेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    कोठामा थुनेर अपहरण तथा शरीर बन्धक गरेको भन्ने सूचना आएपछि बिहीबार दिउँसाे १ बजे जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले सापकोटाको उद्दार गरेकाे प्रहरीले जनाएको छ । 

    घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गर्नुका साथै अपहरणमा प्रयोग भएको गाडीसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनाविरुद्ध अपहरण तथा शरीर बन्धकको कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार