Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा नौ दलले गराए उम्मेदवारी दर्ता


    सोमबार, चैत्र २० २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा नौं दलले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्तामा बेलुका ५ सम्म ९ दलले उम्मेदवारी दर्ता गराएका हुन् ।

    उम्मेदवारी दर्ता गर्नेमा नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, एमालेबाट सर्वेन्द्र खनाल, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी समाजवादीबाट गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभा गुरुङ छन् ।

    त्यसैगरी नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार