Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणबाट वीरगन्ज  र चितवनमा ६ को मृत्यु


    शनिबार, भाद्र १३ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • वीरगन्ज । कोरोना संक्रमणबाट शुक्रबार र शनिबार बिहानसमेत गरी वीरगन्जमा ३ र चितवनमा ३ गरी ६ जनाको मृत्यु भएको छ । बीरगंजमा शुक्रबार राति दुई जना र शनिबार बिहान १ जनाको मृत्यु भएको नारायणी अस्पतालल जानकारी दिएको छ ।

    मृतक एक महिला र दुई पुरुष गरी तीनै जना वीरगन्ज महानगरपालिकाका स्थानीयवासीन्दा हुन् । वीरगन्ज महानगरपालिका( २२ मनियारीका ३७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको हो ।

    त्यसैगरी चितवनमा कोरोना संक्रमणबाट शुक्रबार थप तीन जनाको मृत्यु भएको छ । गोरखा नगरपालिका वडा नम्बर १३ का ३८ वर्षका युवाको उपचारका क्रममा शुक्रबार दिउँसो भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

    अस्पतालका कोभिड १९ क्लिनिकल संयोजक डा। प्रमोद पौडेलका अनुसार भदौ ६ गते रुघा, खोकी र ज्वरो आएर उपचारका लागि भरतपुर अस्पताल आएका उनीमा १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

    यस्तै शुक्रबार बिहान पुष्पाञ्जली हस्पिटलमा भरतपुरका ५१ वर्षका पुरुष र चितवन मेडिकल कलेजमा मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १९ की महिलाको कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु भएको थियो । उनको उमेर ७१ वर्ष थियो ।

    यससँगै जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक वृद्धाको घरमानै मृत्यु भएको थियो । कोरोनाका कारण जिल्ला भित्रका चार जनाको मृत्यु भएको छ भने एक कैलाली, एक गोरखाका र तीन जना मकवानपुरका रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार