Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उपनिर्वाचन: चितवन-२ मा रवि लामिछानेले उम्मेदवारी दर्ता गरे


    सोमबार, चैत्र २० २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • चितवन । आगामी वैशाख १० गते हुँदै गरेको उपनिर्वाचनका लागि चितवन निर्वाचन क्षेत्रनम्बर २ बाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सुरुमै उम्मेदवारी दर्ता गराएका हुन् ।

    उनले दिउँसो १ बजे उम्मेदवारी दर्ताको समय लिएको भए पनि तनहुँ जाने कार्यक्रम रहेकोले बिहानै उम्मेदवारी दर्ता गरेका हुन् ।

    यस्तै, कांग्रेसले दिउँसो २ बजे, एमाले दिउँसो ३ बजे र राप्रपाले अपराह्न ४ बजे उम्मेदवारी दर्ता गर्ने तय भएको छ ।

    यसअघिको निर्वाचनमा भारी मतान्तरले विजयी भएका लामिछाने नागरिकता विवादमा सर्वोच्चले गरेको फैसलापछि पदमुक्त भएका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार