पर्सा । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएकोछ । वीरगञ्ज–१२ मुर्लीकी ६५ वर्षीया महिलाको उपचारकै क्रममा ज्यान मृत्यु भएको हो । यससँगै वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४६ पुगेको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि उनलाई शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा गरिएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।
उपचारको क्रममा उनको साँझ ५ :३० बजेतिर मृत्यु भएको अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिएका छन् ।
वीरगञ्जका दुई वटा कोभिड अस्पतालमा ३९ जना महिलासहित १३१ जना उपचाररत छन् । ३३ जना आईसियुमा छन् ।
मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा भेटिएको बेवारिशे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।