Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेले बारा–२ मा पुरुषोत्तम पौडेललाई उठाउने


    सोमबार, चैत्र २० २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेले बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज मनोनयन दर्ताको केही घण्टा अगाडि एमालेले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बारा-२ को निर्वाचनमा एमालेले जसपालाई सघाए पनि यसपटक भने एमालेले एकल उम्मेदवारको रुपमा पौडेललाई अघि सारेको छ।

    सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, रास्वपाबाट रमेश खरेल, जनमत पार्टीबाट शिवचन्द्र कुसवाह र राप्रपाबाट सोनेलाल साह उम्मेदवार छन् ।

    आज बिहान १० बजे देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार