प्रकृति अधिकारी
पत्रकार प्रकृति अधिकारीले सेन्टजेभियर्स स्कुललले विद्यार्थी भर्नामा गरेको मनपरीका बिरुद्ध ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले चालेको कदमको पक्षमा निरन्तर सामाजिक संजाल फेसबुकमा लेख्दैआउनुभएको छ । ललितपुर महानगरका प्रमुख महर्जनले सेन्टजेभियर्स स्कुलको विद्यार्थी भर्ना प्रक्रिया स्थगित गरेपछि ४ हजार विद्यार्थीको भविष्य अन्यौलमा परेका समाचार आउनुलाई पनि दुर्भाग्यपूर्ण रुपमा लिंदै अरु स्कुलमा अध्ययन गरेकाहरु योग्य नै होइनन् भन्ने भाष्य निर्माण गर्न खोजेकोप्रति पनि पत्रकार अधिकारीले आपत्ति जनाउनुभएको छ । शनिबार उनले सेन्टजेभियर्र्समा अध्ययन नगर्दैमा विद्यार्थी योग्य नहुनेतर्फ ध्यानाकर्षण गराउनुभयो । आइतबार पुनः उहाँले मेयर महर्जनले सेन्टजेभियर्स स्कुलका संचालकले बन्द गर्ने धम्की दिए महानगरले स्वामित्व लिनुपर्ने उल्लेख गरेका छन् । उनले लेखेका छन्–
१. सेन्टजेभियर्स स्कुलका बारेमा हिजोको मेरो पोस्टपछि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु दाइसँग टेलिफोन संवाद भयो । उहाँका अनुसार सो स्कुलले कक्षा १ मा १७० जना भर्ना लिने र त्यसमध्ये सर्वसाधारणका लागि (कोटाबाहेक) मुस्किलले २० वटा सिट बितरण हुने रहेछ । अधिकांश कोटा त स्कुलले निकट र ठूलाबडालाई छुट्याउने रहेछ । चार हजारभन्दा बढीको आवेदन लिएर तिनका अभिभावकको अन्तर्वार्ता सकिएको छ । ती अभिभावकमाथि ठूलो अन्याय स्कुलले गर्न खोज्दैछ ।
उहाँले स्कुलले व्यवस्थापन समितिमार्फत् निर्णय गराएर ल्याउने भनेको तर त्यसपछि सम्पर्क नगरेको बताउँदै स्पष्ट भन्नुभयो–‘सबै विद्यार्थी गोलाप्रथामा सहभागी हुन पाउनुपर्छ, कोटा हुनुहुँदैन । स्कुलले मनलाग्दी आफ्ना मानिसका लागि कोटा छुट्याउन मिल्दैन । हाम्रो (महानगर) अनुमतिबेगर जबर्जस्ती भर्ना गरियो भने स्कुल बन्द गर्ने प्रक्रियामा जाने छौँ । हामी स्कुल सञ्चालन गर्न दिने छैनौँ ।”
नगरप्रमुख चिरी दाइको यो दमदारयुक्त स्पष्टोक्ति र अडान तारिफयोग्य छ । अडानमा रहनुहोस्, सारा अभिभावक तपाईँका पक्षमा हुनुहुन्छ । चिरी दाइले स्कुलका पदाधिकारी आफूले भनेको जस्तो नहुँदा स्कुल बन्द हुने अवस्था आउँछ भन्दा उहाँले आफूलाई यो कुरा लिएर धम्क्याउन वा घुर्की लगाउन नआउनू भनेर भन्नुभएछ । उहाँको यो चेतावनी गज्जब लाग्यो ।
२. स्कुल बन्द गर्छौँ भनेर नधम्क्याए हुन्छ । उनीहरुले यो स्कुल बन्द गरे त्यसलाई ललितपुर महानगरपालिकाले स्वामित्व ग्रहण गर्नुपर्छ । महानगरपालिकाले त्यहाँ नमुना विद्यालय बनाउनुपर्छ । किनकि कानुनतः विद्यालय बन्द हुँदा विद्यालयका सम्पत्ति व्यक्तिको नभई सरकारको हुने स्पष्ट व्यवस्था छ । फादरहरु हिँडे महानगरपालिकाले विद्यालय सञ्चालन गर्न मार्गप्रशस्त हुनेछ । ललितपुरलाई शैक्षिक हब बनाउन महानगरपालिकाले देशकै नमुना विद्यालयका रुपमा विकसित गर्न सक्नेछ ।
३. सुरुमा गोदावरीमा स्कुल खोलिएको थियो । त्यो स्कुलको नाम गोदावरी थियो । पछि सेन्टजेभियर्स स्कुल नामकरण गरियो । त्यो सम्पत्ति शिक्षा मन्त्रालयको हो । पछि उनीहरुले कब्जा जमाए । पछि शाखा भन्दै जावलाखेलमा पनि खोलेका हुन् । १९८८ साल वैशाख २९ गतेको गोरखापत्रमा श्री ३ महाराज वीरशमशेरले गोदावरीमा सुन्दर सानो बंगला किसिमको दरबार बनाउन लगाएको र त्यसलाई हीरापुर भन्नुपर्छ भन्ने हुकुमसमेत दिएको समाचार छापिएको थियो । त्यो बंगला त्यसबेलाका राणा शासकको समर प्यालेसका रुपमा प्रयोग हुन्थ्यो । फर्पिङमा पनि समर प्यालेस थियो । २००७ सालपछि राजा त्रिभुवनको निगाहमा फर्पिङको समरप्यालेस त्रिभुवन आदर्श स्कुललाई दिइयो भने गोदावरीको समरप्यालेस गोदावरी स्कुल सञ्चालन गर्न दिइयो ।
२००८ सालको गोरखापत्रमा गोदावरी स्कुलमा भर्ना खोल्नेदेखि विद्यार्थी छनोट लगायतका समाचार छापिएको जति पनि फेला पर्छ । त्यो बेला सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयले यी सबै काम गर्ने गथ्र्यो । ती कुरा त्यसबेलाको गोरखापत्रमा छापिएका छन् ।
२०२४ सालमा राज्यलाई अदालतले हराइदिँदा स्कुलको सम्पत्ति सरकारले गुमाउनुपरेको थियो । २०२४ साल असोज १२ गतेको गोरखापत्रमा छापिएको समाचार– ‘सर्वोेच्च अदालतका न्यायाधीश नयनबहादुर र वासुदेवको डिभिजन बेन्चले शिक्षा विभागद्वारा सेन्टजेभियर्स स्कुलमा रहेको सम्पत्ति गैरकानुनी तरिकाबाट जफल गरेको देखिएकाले सो सम्पत्ति फिर्ता दिने गरी आदेश गरेको छ । नेपालको संविधानको धारा १५ अनुसार गैरकानुनी तरिकाबाट जफत गरिएको स्कुलको सम्पत्ति फिर्ता पाउन स्कुलका प्रिन्सिपलले सर्वोच्च अदालतमा रीट निवेदन दिनुभएका थियो ।’
त्यो बेला राज्यले यो मुद्दा जित्थ्यो भने आज स्कुल सरकारको हुने थियो ।
४. सेन्टमेरिज स्कुलले आफ्नो तरिकाबाट भर्ना गरेको जानकारी प्राप्त भएको छ । ललितपुर महानगरपालिकाले सेन्टजेभियर्स स्कुलमा मात्र ध्यान केन्द्रित गरेको छ । सेन्टमेरिज स्कुलप्रति नजरअन्दाज गर्नु भुल हो । यहाँ पालिका चुक्यो । आगामी वर्ष त्यस स्कुललाई पनि कानुनी दायराभित्र ल्याई सेन्टजेभियर्स स्कुललाई जस्तै समान व्यवहार गर्न नगरप्रमुख चिरीबाबु दाइलाई अनुरोध गर्दछु ।
काठमाडौँ। सत्याग्रहमा बसिरहेका प्रा.डा. गोविन्द केसीमा माग सम्बोधन गर्न शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले छलफल थालेका छन्। शुक्रबार मन्त्री पोखरेलले डा.केसीको टोलीसँग अनौपचारिक रुपमा छलफल...
काठमाडौँ। पशु सेवा विभागले पन्छीमा देखिएको बर्डफ्लुको संक्रमण नियन्त्रणमा आएको दावी गरेको छ। काठमाडौँलगायत विभिन्न ठाउँमा बर्डफ्लुको संक्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका...
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्यसम्बन्धी सेवा, उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ, प्रदेश र...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा(एसइई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले नतिजा...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताएकी छन् । राष्ट्रिय सभाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend