काठमाडौं। आज साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोराे अंकले ओरालो लागेको छ । आइतबार नेप्से परिसूचक २० अंकले घटेर १८८८ को बिन्दुमा झरेको छ ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७२ अङ्कले घटेर ३५५.७५ विन्दुमा पुगेको छ। यसअघि गत साताकाे अन्तिम काराेबार दिन बिहीबारको कारोबारमा नेप्से परिसूचक १०.८७ अंकले घटेर १९०८.५५ विन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार कूल २६० कम्पनीको ३७ लाख ८७ हजार २४१ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
यसैगरी, नेप्से सुचकमा २३ कम्पनीमा वृद्धि भएको छ । १८९ कम्पनीमा ओरालो लागेको र ४ कम्पनी स्थिर रहेको छ । कारोबारको आधारमा एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ भन्दाबढीको कारोबार गरेको छ ।
सिवम सिमेन्ट दोश्रो स्थानमा छ । उक्त कम्पनीको ४ करोड ५१ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै ट्रेडिङ सुचक कम्पनीमा २.५८ प्रतिशतले गिरावट आएको छ ।
आजको कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend