Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सज्जाले जितिन् नेपाल आइडल सिजन-३ को उपाधि


    शुक्रबार, भाद्र १२ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । शुक्रबार नेपाल आइडलको स्टुडियोमा भएको ग्राण्ड फिनालेमा सज्जालाई नेपाल आइडल सिजन–३ को विजेता घोषणा गरिएको हो । यस्तै फस्ट रनरअपको उपाधि प्रवीण बेडुवाल पाए भने सेकेन्ड रनरअपको उपाधि किरणकुमार भुजेलले जिते । 

    दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा विजेता घोषणा भएको हो ।  

    गायन रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए। 

    नेपाल आइडल–३ को उपाधिसहित सज्जाले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेकी छिन् । यसैगरी फस्ट रनरअपले १५ लाख र सेकेन्ड रनरअपले पाँच लाख नगद प्राप्त गरेका छन् ।

    आइडलको फिनालेमा सीमित मानिस र दर्शकको उपस्थितिमा विजेता घोषणा गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार