Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन: बारा–२ मा उपेन्द्र यादवलाई सघाउने लोसपाको निर्णय


    आइतबार, चैत्र १९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीले बारा–२ मा उपेन्द्र यादवलाई सघाउने भएको छ ।

    यसअघि सो दलबाट वरिष्ठ नेता राजेन्द्र महतो चुनाव उठ्ने चर्चा थियो । तर, सत्ता गठबन्धनले बारा–२ मा साझा उम्मेदवार उठाउने भएपछि लोसपा ब्याक भएको हो ।

    लोसपाका युवा नेता केशब झाले दिएको जानकारीअनुसार बारा–२ मा आफ्नो दलले यादवलाई सघाउने भएको छ । यसअघि नेपाली कांग्रेसले पनि बारा–२ मा उपेन्द्र यादवलाई सघाउने निर्णय गरिसकेको छ ।

    बारा–२ मा सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले शिवचन्द्र कुशवाहालाई उठाउने निर्णय गरिसकेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले भने रमेश खरेललाई टिकट दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार