Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्री श्रेष्ठ भन्छन्- मिटरब्याज पीडितसँगको सहमति कार्यान्वयन हुन्छ


    आइतबार, चैत्र १९ २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तराईका विभिन्न जिल्लाबाट न्याय माग्न आएका मिटरब्याजी पीडितहरुसँग सरकारले गरेको सहमति कार्यान्वयन हुने बताएका छन् ।

    आइतबार स्वास्थ्य परीक्षणपछि घर फर्किन लागेका मिटरब्याजी पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्री श्रेष्ठले सरकारले गरेको सम्झौता कार्यान्वयन हुने बताएका हुन् ।

    सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले पीडितहरू सरकारसँग भएको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए । ‘उहाँहरु जाने स्थितिमा अझै केही छ कि भन्नुपर्ने भनेर कुरा गर्न आएको हुँ ।

    उहाँहरुले जाने क्रममा छौं, हामी विश्वस्त भएर जादैछौँ । धेरैले आजै बेलुका जान्छौं होला भन्नुभएको छ’, श्रेष्ठले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार