Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचन: बारा २ मा जसपालाई सघाउने कांग्रेसको निर्णय


    आइतबार, चैत्र १९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसले बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टी(जसपा) लाई सघाउने निर्णय गरेको छ ।

    सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख १० गते हुने उपचुनावका लागि जसपालाई सहयोग गर्ने निर्णय गरेको हो ।

    यहाँ जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उठाउँदैछ । यादवको नाम सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।

    बारा २ मा जनमत पार्टीले शिवचन्द्र कुशवाहलाई उठाउने निर्णय गरिसकेको छ ।

    त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व डीआईजी रमेश खरेललाई अघि सार्ने भएको छ । लोसपाबाट राजेन्द्र महतोको चर्चा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार