Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस बैठकअघि सानेपामा नेविसंघको धर्ना र नाराबाजी


    आइतबार, चैत्र १९ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरू सानेपास्थित केन्द्रीय कार्यालय पुग्नुअघि नै नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले पार्टी कार्यालय सानेपामा नाराबाजी गरेका छन् ।

    पार्टीको कार्यसम्पादन समिति बैठकअघि नाराबाजीले त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

    नेविसंघ का सभापति दुजाङ शेर्पालाई बर्खास्त गर्न माग गर्दै सानेपामा जारी अनसनको समर्थनमा नाराबाजी भएको हो । दुजाङको कार्यकाल सकिँदासम्म पनि महाधिवेशन नभएको भन्दै नेविसंघ कार्यकर्ताले महाधिवेशन हुने वातावरण सुनिश्चित गर्न माग गरेका हुन् । शनिबारदेखि रुपन्देहीका अमन भुसाल र कैलालीका राजेन्द्र चटौतले रिले अनशनसमेत थालेका थिए ।

    अहिले पार्टी कार्यालय परिसरमा नाराबाजी भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    पार्टी कार्यालय छिर्ने गेटबाट छिर्ने सबैलाई चेकजाँच गर्न थालिएको छ ।

    समिति सदस्य बाहेक अन्यलाई प्रवेश गर्न दिइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार