काठमाडौ ं। अर्थमन्त्रालयका सचिव तोयम रायले अर्थतन्त्र संकटग्रस्त भएकोतर्फ संकेत गर्दैै थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने बताएका छन् ।
आइतबार नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई स्वागत गर्दै उनले कठोर निर्णय नगर्ने हो भने स्थिति गम्भीर बन्न सक्ने बताएका हुन् । सचिव रायले भने–स्थिति सामान्य छैन । भयावह अवस्था आउन सक्छ ।
राजस्व लक्ष्यअनुरुप असुली हुन नसकेको अवस्था छ । तलव समेत खुवाउन नसक्ने अवस्थालाई दृष्टिगत गरी अर्थसचिव रायले चालु खर्चमा कडाइका साथ कटौती गर्न थालेका छन् । अनावश्यक खर्चमा कटौती गर्दै लगिएको छ । जसका कारण सांसदहरुसँग अर्थमन्त्रालयका सचिव रायको विवाद हुँदैआएको छ । राजस्व असुलीमा बृद्धि गर्नेतर्फ अहोरात्र लागिरहेका सचिवले बजेट कटौती गरेको भन्दै सांसद र नेताहरु दिनहुँ मन्त्रालयमा विवाद गर्न जाने गरेका छन् ।
अर्थतन्त्रमा आएको मन्दीले सरकारी खाताको अवस्था नाजुक छ । पचास वर्षयताकै राजस्वमा गम्भीर समस्या देखिइरहेको छ । नवनियुक्त अर्थमन्त्री डा. महतले पनि संकटको घडीमा सबै पक्षले दिनरात नभनी हातेमालो गरी काम गर्नुपने बताइसकेका छन् । स्वागत कार्यक्रममा मन्त्रीको निर्देशन अनुसार नै काम गर्न तयार रहेको सचिव रायले बताए ।
सचिव रायले कर्मचारी कुनै पार्टी विशेषको नहुने र राष्ट्रको निम्ति जुनसुकै भूमिकामा रहेर काम गर्नसक्ने बताएका छन् ।
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend