काठमाडौ ं। अर्थमन्त्रालयका सचिव तोयम रायले अर्थतन्त्र संकटग्रस्त भएकोतर्फ संकेत गर्दैै थप कठोर निर्णय नगरे अवस्था झनै भयावह हुनसक्ने बताएका छन् ।
आइतबार नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतलाई स्वागत गर्दै उनले कठोर निर्णय नगर्ने हो भने स्थिति गम्भीर बन्न सक्ने बताएका हुन् । सचिव रायले भने–स्थिति सामान्य छैन । भयावह अवस्था आउन सक्छ ।
राजस्व लक्ष्यअनुरुप असुली हुन नसकेको अवस्था छ । तलव समेत खुवाउन नसक्ने अवस्थालाई दृष्टिगत गरी अर्थसचिव रायले चालु खर्चमा कडाइका साथ कटौती गर्न थालेका छन् । अनावश्यक खर्चमा कटौती गर्दै लगिएको छ । जसका कारण सांसदहरुसँग अर्थमन्त्रालयका सचिव रायको विवाद हुँदैआएको छ । राजस्व असुलीमा बृद्धि गर्नेतर्फ अहोरात्र लागिरहेका सचिवले बजेट कटौती गरेको भन्दै सांसद र नेताहरु दिनहुँ मन्त्रालयमा विवाद गर्न जाने गरेका छन् ।
अर्थतन्त्रमा आएको मन्दीले सरकारी खाताको अवस्था नाजुक छ । पचास वर्षयताकै राजस्वमा गम्भीर समस्या देखिइरहेको छ । नवनियुक्त अर्थमन्त्री डा. महतले पनि संकटको घडीमा सबै पक्षले दिनरात नभनी हातेमालो गरी काम गर्नुपने बताइसकेका छन् । स्वागत कार्यक्रममा मन्त्रीको निर्देशन अनुसार नै काम गर्न तयार रहेको सचिव रायले बताए ।
सचिव रायले कर्मचारी कुनै पार्टी विशेषको नहुने र राष्ट्रको निम्ति जुनसुकै भूमिकामा रहेर काम गर्नसक्ने बताएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend