काठमाडौं । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीको सम्पर्कमा आएका तीन मन्त्री होम आइसोलेशनमा बसेका छन् ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुमक्त ढकाल अहिले होम आइसोलेशनमा बसेका हुन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को कार्यालय छाउनीमा कार्यरत एक कर्मचारीमा कोरोना पुष्टि भएपछि तीनै मन्त्री आइसोलेशनमा बसेका हुन् । मन्त्री पोखरेल सीसीएमसीका संयोजक हुन भने थापा र ढकाल सदस्य हुन् ।
सो कार्यालयमा चिया पुर्याउने काम गर्दै आएका कर्मचारीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमितको सम्पर्कमा आउनुपर्ने व्यवस्था स्वास्थ्य प्रोटोकलमा उल्लेख छ ।
आइसोलेशनमा बसेका तीनै जना मन्त्रीहरूको पीसीआर परीक्षण गर्ने तयारी भैरहेको स्रोतले जानकारी दिएको छ। यसअघि थापा र पोखरेल आइसोलेशनमा रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक समेत सारिएको छ ।
भोलिका लागि तोकिएको बैठक आगामी बिहीबार बस्नेगरी सारिएको हो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend