काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार ४ सय १५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका तीन जिल्लामा ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यीमध्ये काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना संक्रमित भेटिएको हो ।
यस्तैगरी पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।
विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। हालसम्म २० हजार २४२ जना डिस्चार्ज भएका छन् । नेपालमा डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ । आजमात्रै १० हजार २ सय २९ जनाको पीसीआर गरिएको छ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार ५ सय ७३ जना र होम आइसोलेसनमा ६ हजार ४ सय ४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९ सय ३९ जना क्वारेन्टिनमा रहेका छन् ।