Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पछिल्लो २४ घण्टामा थपिए ९ सय २७ सय कोरोना संक्रमित


    शुक्रबार, भाद्र १२ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा  हालसम्म संक्रमित हुनेको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ।

    विगत २४ घण्टामा १ सय ६९ जना कोरोनाबाट निको भई घर फर्किएको गौतमले बताए। हालसम्म २० हजार २४२  जना डिस्चार्ज भएका छन् । नेपालमा डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

    आजमात्रै १० हजार २ सय २९ जनाको पीसीआर गरिएको छ। 

    देशभरका संस्थागत आइसोलेसन ९ हजार ५७३ जना र होम आइसोलेसनमा ६ हजार ४४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९३९  जना क्‍वारेन्टिनमा रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार