Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • बालुवाटार पुगेका मिटरब्याज पीडितलाई प्रधानमन्त्री प्रचण्डको आश्वासन : मेरै कार्यकालमा न्याय मिल्छ


    शनिबार, चैत्र १८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईका विभिन्न जिल्लाबाट पैदल यात्रा गरी काठमाडौंमा न्याय माग्न आएका मिटरब्याज पीडितहरुलाई आफ्नै कार्यकालमा यसको समस्या समाधान गर्ने बताएका छन् ।

    न्याय माग्दै आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेका मिटरब्याज पीडितको गुनासो सुनेपछि प्रचण्डले सरकारले कानून बनाएर दीर्घकालीन रुपमै यसको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘अब ऐन बनाउने काम पनि सरकारले गर्छ । कानुन बनाएर दीर्घकालीनरुपमा नै यस समस्या समाधान गर्छु,’ उनले भने, ‘म यो समस्या समाधानका लागि गर्न पर्ने सबै काम गर्छु ढुक्क हुनुस् ।’

    उनले गृहको टोलीसँग वार्ता गरी सहमति गरेर ढुक्क भएर घर जान पीडितलाई भनेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार