काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
साउन अन्तिम साता एनओसीका दुई कर्मचारीमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणमा महासचिव श्रेष्ठ कोरोना पाेजेटिभ देखिएकाे हाे । उनीसFगै एनओसीमा कार्यरत अन्य दुई कर्मचारीमा समेत कोरोना पुष्टि भएको छ ।
महासचिव श्रेष्ठले आफूमा कोरोनाको लक्षण नदेखिएको बताएका छन् । श्रेष्ठका अनुसार उनको स्वाब १० दनि अगाडि लिइएको थियो । तर मंगलबार मात्रै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिइएको उनले जानकारी दिए । अहिले उनी होम आइसोलेशनमा बसिरहेका छन् ।
हालसम्म एनओसीका मात्रै पाँच जना पदाधिकार र कर्मचारीमा संक्रमण देखिइसकेको छ ।