Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखाका एकसहित चितवनमा आज मात्रै तीन कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, भाद्र १२ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । चितवनमा शुक्रबार तीन कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत गोरखा आँबुखैरहनी–१३ का ३८ वर्षीय पुरुषको शुक्रबार दिउँसो २:३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए।

    यसअघि आजै भरतपुरकै चितवन मेडिकल कलेजमा उपचाररत वृद्धा र पुष्पाञ्जली अस्पतालमा उपचाररत पुरुषको मृत्यु भएको थियो।

    गोरखाका ती पुरुष गत भदौ ६ देखि उपचार गराइरहेका थिए । ती पुरुषमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनमा लक्षणसहितको कोरोना संक्रमण देखिएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार