Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा सचिवालय बैठक स्थगित, यस्तो छ कारण


    शुक्रबार, भाद्र १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । शनिबारका लागि तयर भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ ।

    सचिवालय सदस्यसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा आइसोलेशनमा बस्नुपर्ने भएकाले बैठक स्थगित भएको हो ।

    कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) मा कार्यालय सहयोगीलाई संक्रमण देखिएकाले दुबै नेता होम आइसोलेशनमा बसेका छन् । स्थगित भएको बैठक आगामी बिहीबारको लागि तोकिएको छ । 

    यसअघि शनिबारको बैठकमा नेकपा कार्यदलले बुझाएको प्रतिवेदन पेश गर्ने कार्यतालिका थियो । सचिवालयबाट सो प्रतिवेदन पास भएलगत्तै स्थायी समिति बैठक बोलाउने तयारी रहेको थियो । 

    तर पछिल्लो घटनाक्रमले यी सबै कार्यतालिका कम्तिमा एक हप्ताका लागि सरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार