Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • कर्णालीका मुख्यमन्त्रीले दोस्रो पटक पाए विश्वासको मत


    शुक्रबार, चैत्र १७ २०७९
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन् । प्रदेशसभाको आज दिउँसो बसेको नवौँ बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका ३८ सांसदले विश्वासको मत दिएका हुन् ।

    उनले राप्रपा बाहेक सबै दल र स्वतन्त्र सांसदको समेत मत प्राप्त गरेका छन् । शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र देवराज शाही एक–एक जना सांसदले पक्षमा मत हालेका छन् । विश्वासको मतको विपक्षीमा एक मत परेको छ । एक सांसद अनुपस्थित थिए ।

    उनी गत पुस २७ गते कर्णालीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका थिए । गत माघ १८ गते राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले आज पुनः विश्वासको मत लिएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार