काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्टानमा उपचाररत पोखरा-१६ का ५२ वर्षीय पुरुषको शुक्रबार दिउँसो १२ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनी शुक्रबार नै अस्पताल पुगेका थिए ।
पछिल्लो समय पोखरा क्षेत्रमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ ।