Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सौर्या सिमेन्ट उद्योगमा चट्याङ लागेर ट्रक चालकको मृत्यु


    शुक्रबार, चैत्र १७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिरहामा चट्याङ लागेर एकजना ट्रक चालकको मृत्यु भएको छ। सिरहाको मिर्चैया नगरपालिका १ मा रहेको सौर्या सिमेन्ट उद्योगमा सिमेन्ट लिन आएका ना.५ ख ३७२१ नम्बर ट्रकका चालक रौतहट चन्द्रपुर- ८ का ४३ वर्षिय नेत्रप्रसाद गौतम (कुमार) को मृत्यु हो।

    ट्रकमा तिरपाल बाँधिरहेका बेला हावाहुरीसँगै परेको चट्याङ लागेर घाइते गौतमकाे कर्जन्हास्थित फूलकुमारी मेमोरीयल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ।

    शव अस्पतालमै रहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार