काठमाडौं । महाराजगञ्जस्थित टिचिङ हस्पिटलमा उपचारका क्रममा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको गत मंगलबार मृत्यु भएको थियो । उनलाई त्रियुगाबाट सोही दिन टिचिङ हस्पिटल ल्याइएको थियो । स्वास्थ्य प्रोटोकल अनुसार उनको स्वाब झिकेर उपचार थालिएको थियो । निमोनियाबाट ग्रसित उनको सोही दिन मृत्यु भएपनि स्वाबको रिपोर्ट बिहीबार राति आएको हो ।
रिपोर्टले उनीमा कोरोना संक्रमण रहेको पुष्टि गरेको हस्पिटलले जनाएको छ ।