काठमाडौं । चर्चित उद्योगी विनोद चौधरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार बिहान उनको पीसीआर परीक्षण रिपोर्ट आएको कोरोना संक्रमण देखिएको हो ।
शुक्रबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
चौधरीले ट्वीटमा लेखेका छन्, ‘प्रिय मित्रहरु र शुभेच्छुकहरु, आज बिहान आएको रिपोर्ट अनुसार मलाई कोरोना संक्रमण देखिएको छ । भगवानको कृपाले अहिलेसम्म मलाई कुनै लक्षण भने देखिएको छैन । म अहिले चिकित्सकको सल्लाह अनुसार आइसोलेशनमा छु। मसँग सम्पर्क आउनु भएका सबैले सम्भावित सुरक्षाको अपनाउन अनुरोध गर्दछु ।’