Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य बिग्रिएपछि जापानी प्रधानमन्त्री सिन्जो आबे राजीनामा दिँदै


    शुक्रबार, भाद्र १२ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले स्वास्थ्य समस्याको कारण राजीनामा दिने भएका छन् । 

    उनी केही वर्षदेखि अल्सरटिभ कोलिट्‌स (ठूलो आन्द्रा र मलाशयको भित्री र बाहिरी तहमा सुन्‍निने) रोगबाट ग्रस्त छन् । पछिल्लो समय उनको अवस्था अझै कमजोर बन्दै गएको थियो । 

    पब्लिक ब्रोडकास्टर (एनएचके) ले ६५ वर्षीय आबेले आफ्नो कारण सरकारमा समस्या नहोस् भन्‍ने चाहेको जनाइएको छ । 

    गत साता उनी जापानको अहिलेसम्मकै नियमितरुपमा सत्तामा रहने प्रधानमन्त्री बनेका थिए । सन् २०१२ देखि उनी प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

    सन् २००७ मा उनले एकाएक प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यस समयमा पनि उनी अल्सर्टिभ कोलिट्‌सकै कारण राजीनामा दिएको जनाइएको छ । बीबीसीको सहयोगमा 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार