Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भर्चुअल तेक्वान्दोको तयारी पूरा


    शुक्रबार, भाद्र १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघको आयोजनामा हुने प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगिताको तयारी पूरा भएको छ । पुम्से विधामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् ।

    प्रतियोगितामा नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का २ स्वर्ण विजेतासहित १ सय ७० खेलाडीको सहभागिता रहने बताइएको छ । १३ औं सागका स्वर्ण विजेता निता गुरुङ र सन्जिला तिम्सिनाले सहभागिता जनाउने भएका हुन् । त्यस्तै १३ औं सागका कांस्य विजेतात्रय दीपेन्द्र गुरुङ, प्रेमबहादुर आले र अस्मिन राउतले पनि प्रतियोगितामा सहभागिता जनाउदै छन् ।

     शनिबार र आइतबार हुने प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी जम्मा ११ स्पर्धामा खेल हुने छ । पहिलो दिन ६ स्वर्णको छिनोफानो हुने अध्यक्ष खड्काले जानकारी गराए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार