Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाहानकी ६५ वर्षीया कोरोना संक्रमितको मृत्यु


    शुक्रबार, भाद्र १२ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । विराटनगरमा उपचाररत सिरहा, लहानकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएकी ६५ वर्षीया महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो ।

    उनलाई बिहीबार बेलुकी उक्त केन्द्रमा भर्ना गरिएको थियो । चिकित्सकका अनुसार ती महिलामा फोक्सोसम्बन्धी समस्यासमेत थियो ।

    उपचारमा गराइरहेकी ती महिलाको स्वास्थ्य आज बिहान थप बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गरेपनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार