चितवन । चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पुष्पाञ्जली अस्पतालमा उपचार गराइरहेका भरतपुर २ क्षेत्रपुर निवासी ५१ वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ।
ती पुरूषलाई श्वासप्रश्वासमा समस्या भएपछि भदौ ५ गते अस्पताल भर्ना गरिएको थियो। भदौ ८ गते उनको स्वाब लिई परीक्षण गर्दा कोरोना पोजिटिभ पुष्टि भएको थियो।
उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको र शुक्रबार बिहान १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक लामो समयदेखि फोक्सोको, दमको बिरामी रहेको र अस्पताल भर्ना हुने समयमा पनि दुबै फोक्सोमा गम्भीर निमोनिया देखिएका कारण भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
योसँगै चितवनमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ। शुक्रबार बिहानमात्रै चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडाका एक महिलाको मृत्यु भएको थियो।