Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बुटवलमा एक कोरोना संक्रमितको ज्यान गयो


    शुक्रबार, भाद्र १२ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रुपन्देही । बुटवलमा रहेको कोरोना विशेष अस्पतालमा एक कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।

    रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको गएराति ज्यान गएको अस्पतालका फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए ।

    भेन्टिलेटरमा उपचाररत उनलाई भदौ ७ मा भर्ना गरिएको थियो । उनमा श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । बुटवलको कोरोना विशेष अस्पतालमा ३६ घण्टाको अवधिमा  तीन जना कोरोना संक्रमितको ज्यान गैसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार