काठमाडाैं। पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै अब मिटरब्याज लिने ऋणीहरू पनि सचेत हुनपर्ने बताएका छन्।
आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले सरकारले मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरूले पनि सचेत हुन आवश्यक रहेको र ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने दाबी गरेका छन्।
उनले आम नागरिकहरू बेलैमा सचेत भई मिटरब्याज कारोबारमा फस्नु नहुने बताए।
‘हामीले मिटरब्याज पीडितहरूबारे सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरूलाई कारबाही गर्नुपर्छ, दोस्रो अफ्ठ्यारो पर्यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरूले पनि हुनु हुँदैन ।’
मिटरब्याजको पीडित भएकाहरूले पनि सोच्नुपर्ने ओलीको भनाइ थियो। ‘मिटरब्याजमा पैसा लिएपछि दिने असुल गर्ने प्रयास त गर्ने भयो । सहमति त त्यही हुन्छ । हामी कोही पनि मिटरब्याजको कारोबारमा फस्नु भएन । मिटरब्याजमा पैसा लिनु भएन । आफैँ पनि सचेत हुनुपर्छ । यो गलत कुरा हो,कानूनविपरीत छ भन्नेकुरा सरकारले थाहा पाइसकेपछि यसलाई नियन्त्रण गर्न प्रभावकारी कदम चाल्नुपर्छ ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend