Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • कांग्रेस नेताहरूलाई स्वर्णिम वाग्लेको सन्देश – देउवा-आरजु गिरोहको हेपाइ र अपमानले यो स्थिति आयो,कांग्रेसमा रहन सकिनँ


    बिहिबार, चैत्र १६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसभित्रका अर्थविद्का रुपमा चिनिएका तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका डा. स्वर्णिम वाग्लेले आफू कांग्रेसमा रहिरहन अब नसक्ने उल्लेख गर्दै पार्टीका नेताहरूलाई सन्देश पठाएका छन्।

    आज वाग्लेले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य शेखर कोइरालालगायत केही नेताहरूलाई म्यासेज पठाउँदै अब कांग्रेसमा रहिरहन नसक्ने उल्लेख गरेका छन्।

    ‘प्रिय दाइ, हजुरहरूको सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ। देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो,’ उनले म्यासेजमा उल्लेख गरेका छन्।

    उनले अब कृपा र निगाहको राजनीतिमा नबस्ने पनि बताएका छन्।

    ‘अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ’डेलिभरी’को प्रयोगमा जान चाहेँ। यो निर्णय लिनुअघि हजुरहरुसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौंँ,’ उनले भनेका छन्।

    साथै उनले कुनै न कुनै रूपमा पछि आफू जोडिन सक्ने पनि बताएका छन्।

    वाग्ले आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार हुने निकै चर्चा चलिरहेको छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार